पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश


काठमाडाैँ । पूर्व सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।

बुधबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले गुप्तालाई थुनामा राखेर अनुसन्धान अघि बढाउनुपर्ने ठहर गर्दै यस्तो आदेश दिएको हो।

अदालतका अनुसार तत्कालीन मन्त्री रहेका बेला गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने तथा भूमि आयोगमा सदस्य बनाइदिने आश्वासन दिँदै एक घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण भेटिएको छ। सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारका अनुसार घुस लेनदेनमा संलग्न रहेको ठहर गर्दै गत असोज २२ गते पूर्वमन्त्री गुप्तासहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको थियो। अनुसन्धानका क्रममा घुसको रकम, लेनदेनको प्रकृति तथा सरुवा र नियुक्तिसँग जोडिएका गतिविधिहरूमा गुप्ताको संलग्नता देखिएको दाबी अख्तियारको छ।