काठमाडौँ । हर्विन आइस–स्नो वल्र्डले विश्वभरका पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । जसले उत्तर–पूर्वी चीनको फस्टाउँदो अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको छ ।
१.२ मिलियन वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो पार्क डिसेम्बर १७ मा औपचारिक रूपमा खोलिएको थियो । जुन अहिलेसम्मकै सबैभन्दा भव्य संस्करण हो ।
गत जाडो मौसममा ६८ दिनको अवधिमा यस पार्कले कीर्तिमानी ३.५६ मिलियन पर्यटकहरूलाई स्वागत गरेको थियो ।
जसले हेलोंगजाङ प्रान्तको २६६.१७ अर्ब युआनको हिउँ तथा बरफ अर्थतन्त्रमा महत्वपूर्ण भुमिका खेलेको थियो । पार्कले यस वर्ष तातो पानीका कुण्डहरू, थिम परेड र क्रस–कन्ट्री स्कीइङ ट्रेलहरू जस्ता नयाँ आकर्षणहरू सार्वजनिक गरेको छ ।
चीनले आफ्नो हिउँ तथा बरफ अर्थतन्त्रलाई सन् २०२७ सम्म १.२ ट्रिलियन युआन र २०३० सम्म १।५ ट्रिलियन युआनको आर्थिक स्तरमा पु¥याई नयाँ विकास क्षेत्रको रूपमा विकसित गर्ने लक्ष्य राखेको छ ।
सन् २०२४–२०२५ को जाडो पर्यटकीय मौसममा हार्विनले ९० मिलियनभन्दा बढी पर्यटकहरू भित्र्याएको थियो । जसमा विदेशी पर्यटकहरूको संख्या गत वर्षको तुलनामा ९४।२ प्रतिशतले वृद्धि भएको छ ।



प्रतिक्रिया दिनुहोस्