काँग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि काठमाडौँमा हुने


काठमाडाैँ । नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८,२९,३० र २१ गते काठमाडौँमा हुने भएको छ । 

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो ।

नयाँ कार्यतालिका नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा प्रश्तुत गरेका थिए । प्रस्तावित कार्यतालिकालाई केन्द्रिय कार्य समितिको बैठकले पारित गरेको पार्टीका नेता विमलेन्द्र निधीले बताए ।

उनकाअनुसार विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको बताए । यसअघि काँग्रेसले पुस २६,२७ र २८ गते महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको थियो ।