काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको एक जहाज अवतरणका क्रममा रनवेबाट चिप्लिएको छ ।
जहाज चिप्लिएपछि यात्रु र विमानस्थल क्षेत्रमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भए पनि आगलागी भने नभएको प्रहरीले स्पष्ट पारेको छ ।
प्रहरीका अनुसार घटनाको जानकारी पाएलगत्तै सुरक्षा टोली र एम्बुलेन्स विमानस्थलतर्फ पठाइएको छ ।
प्रारम्भिक सूचनाअनुसार जहाजमा सवार केही यात्रु घाइते भएको हुन सक्ने आशंका गरिएको छ, यद्यपि घाइतेको यकिन संख्या र अवस्था भने खुलिसकेको छैन ।
घटनापछि विमानस्थलमा सुरक्षाको व्यवस्था कडा पारिएको छ भने यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम भइरहेको छ ।
जहाज रनवेबाट किन चिप्लियो भन्ने विषयमा प्राविधिक टोलीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्