भाद्र २३ र २४ गतेकाे घटनापछि ओलीमाथि लगाइएको प्रतिबन्ध फुकुवा


काठमाडौँ । गत भाद्र २३ र २४ गतेकाे जेनजी आन्दोलन घटनासँग सम्बन्धित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

सोमबार बसेको आयोगको बैठकले ओलीमाथि लागू गरिएको विदेश भ्रमण रोक र काठमाडौँ उपत्यका छोड्न नपाउने पूर्वनिर्णयलाई हटाउने निर्णय गरेको आयोगले जानकारी दिएकाे छ ।

आयोगले अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले घटनासम्बन्धी सोधपुछ र आवश्यक जानकारी उपलब्ध गराइसकेका छन्। सोधपुछ प्रक्रिया पूरा भइसकेपछि उनीमाथि लागेको प्रतिबन्ध राखिरहनुको औचित्य नभएको ठहर गर्दै फुकुवाको निर्णय गरिएको हो।

यसअघि आयोगले २०८२ असोज १२ गतेको बैठकमा अनुसन्धान प्रक्रिया जारी रहेकाले उनलाई उपत्यका छाड्न र विदेश भ्रमण गर्न रोक लगाउने निर्णय गरेको थियो।