काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी कार्यका लागि व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गरेको छ।
मन्त्री परिषद्को सोमबारको बैठकले यो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।
मन्त्री खरेलका अनुसार व्यवस्थापन समितिले देशभरका समस्याग्रस्त सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन र ऋण भुक्तानी प्रक्रियामा सहयोग गर्ने काम गर्नेछ।



प्रतिक्रिया दिनुहोस्