काठमाडौँ । सालपा विकास बैंकको आइपिओ बाँडफाँड भएको छ ।
बैंकले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।
कुल सदर आवेदकमध्ये १ लाख ४३ हजार १७० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । बाँकी ९ कित्ता सेयर ९ जनालाई थप एक/एक कित्ताका दरले बाँडफाँड गरिएको छ ।
बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ निष्कासन गरेको थियो ।
क्यापिटलका अनुसार कम्पनीको आइपिओमा २३ लाख ८३ हजार ४०७ जनाले आवेदन दिएकोमा २२ लाख ६५ हजार ९५५ कित्ता सदर भएको थियो । आइपिओको नतिजा मेरो सेयर तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्