काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्दसत्र उद्घाटन गर्न आउन अनुरोध गरेका छन् ।
काठमाडौँमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता शर्माले सभापति देउवालाई रोइलो गर्न छोडेर बन्दसत्रको हलमा उपस्थित हुन अनुरोध गरेका हुन् । उनले महाधिवेशनको बन्दसत्रले सभापति देउवालाई झन्डै आधा दर्जन विकल्पहरु दिने समेत बताए ।
उनले पार्टी चुनाव लड्न सभापति देउवालाई चुनौती दिँदै पराजित भएपनि फुलमालासहित घर पुर्याइदिने टिप्पणी गरे । उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागलाई सम्बोधन गर्न मध्यमार्गी बाटो अवलम्वन गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको पनि बताए ।
पार्टीभित्र आन्तरिक विवादकाबिच काठमाडौँकाे भृकुटीमण्डपमा महाधिवेशन जारी छ । बन्दसत्र सोमवार बिहानदेखि सुरू हुनेछ ।


प्रतिक्रिया दिनुहोस्