तोलामा ४१ सय रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार १०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ७० हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ७४ हजार ७०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २०५ रूपैयाँले बढेर ५ हजार १९५ रूपैयाँ कायम भएको छ ।