झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ६ अर्ब रूपैयाँ बढी


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार नेप्सेमा एसवाई प्यालनको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४२ करोड २२ लाख ४८ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज एसवाई प्यालन र श्रीनगर एग्रो इन्डष्ट्रिजका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यसी दुई कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीको सेयरमूल्य ४.२५ प्रतिशतले घटेको छ ।

कुल ३३३ कम्पनीको एक करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड २६ लाख ७ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।