४.९० अंकले बढ्यो नेप्से


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ६ उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार नेप्सेमा राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५४ करोड ६५ लाख ६६ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज थ्रीस्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीको सेयरमूल्य ६.०९ प्रतिशतले घटेको छ ।

कुल ३४९ कम्पनीको एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।