काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् ।
बुधबार आयोजित सुशासन र समृद्धिको लागि स्वजागरण कार्यक्रममा उहाँले स्वजागरण आध्यात्मिक अभ्यासमा मात्रै सिमित नरहेको बताएकी हुन् ।
उनकाअनुसार स्वजागरण व्यक्तिगत अनुशासन, सामाजिक जिम्मेवारी र नैतिक प्रशासन निर्माणको प्रभावकारी जीवन पद्धति हो । स्वजागरणले नागरिकलाई आन्तरिक रूपमा शान्त, सचेत र जिम्मेवार बनाउने तथा वाह्य रूपमा कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग गर्ने उनले बताइन् ।
स्वजागरणले अधिकार मात्रै माग्ने नभई कर्तव्यको बारेमा पनि जानकारी राख्ने उनको भनाइ छ । नेपालको मौलिक दर्शन, संस्कार र आध्यात्मिक परम्परामा आधारित स्वजागरणमार्फत जनशक्ति विकास र शासकीय सुधार अपरिहार्य भइसकेको उनले बताइन् ।
स्वजागरण व्यक्तिगत रूपान्तरणमा मात्र सिमित नभई नैतिक प्रशासन, जिम्मेवार नेतृत्व र प्रविधिको विवेकपूर्ण प्रयोगसँग जोडिँदै विश्वव्यापी बन्न गएको उनले उल्लेख गरिन् ।
सुशासन र समृद्धिको लक्ष्य राज्य संयन्त्रमा मात्र सिमित नभएकाले निजी क्षेत्र, नागरिक समाज र विशेषगरी प्रविधिमैत्री तथा सचेत युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
निजी क्षेत्रको व्यवसायिक नैतिकता, नागरिक समाजको प्रभावकारी निगरानी र युवाको सिर्जनशीलता, नवप्रवर्तन तथा जिम्मेवार नागरिकको चेतना बिना समावेशी र दिगो सुशासन सम्भव नहुने उनको भनाइ छ ।
उनले विकास र समृद्धिको लागि सीपयुक्त दक्ष जनशक्ति निर्माणमा गर्नुपर्नेमा जोड दिइन् । युवापुस्तामा सिर्जनशीलता र दक्षता अपरिहार्य रहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्