काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्री र सहमहामन्त्रीलाई पार्टीबाट ५ वर्षको लागि निष्काशन गरेको छ । काँग्रेसले महामन्त्री गगन कुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासित गरेको हो ।
बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कारबाही गरेको हो । उनीहरूले पार्टी हित विपरीत काम गरेको भन्दै कारबाही गरेको जनाएको छ ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको तयारी भइरहेको अवस्थामा कारबाही गरेको हो ।


प्रतिक्रिया दिनुहोस्