निर्वाचन आयोगलाई कांग्रेसको आग्रहः निर्वाचनमा सूचना प्रविधिको दुरुपयोग हुन नदिइयोस्


काठमाडाैँ । नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले निर्वाचनमा सूचना प्रविधिको दुरुपयोग हुन नदिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धि छलफलका उनले निर्वाचन शब्दको उपहास हुने गरी सामाजिक सञ्जाललगायतका सूचना प्रविधिको दुरुपयोग बढेकाले निर्वाचन आयोगले यसलाई नियन्त्रण गर्नका लागि तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

नेता विश्वकर्माले सूचना प्रविधिको दुरुपयोग हुन नदिनका लागि निर्वाचन आयोगले अन्तराष्ट्रिय पर्यवेक्षकहरुको व्यवस्था गर्न उपयुक्त हुने धारणा समेत राखे । 

नेता विश्वकर्माले निर्वाचनमा राष्ट्रिय झण्डाको दुरुपयोग हुन नदिन पनि निर्वाचन आयोगलाई सचेत गराए ।