कांग्रेस विवाद : विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आयाेगकाे मान्यता


काठमाडौँ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको छ ।

आयोगले आज थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई मान्यता दिएको हो ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा २७ देखि ३० पुससम्म काठमाडौंमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भएको थियो ।

सो महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेपछि त्यसको अद्यावधिक गराउन उनीहरूले बिहीबार आयोगलाई निवेदन दिएका थिए ।

आयोगले आजै निर्णय गरेर थापा नेतृत्वको कार्यसमितिलाई बैधानिकता दिएको हो । १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विशेष महाधिवेशन विधानविपरीत आयोजना गरिएको भन्दै आयोग पुगेको थियो ।

आयोगले आजै दुवै तर्फबाट प्राप्त कागजात, पार्टीको विधान तथा ऐन–कानुनको अध्ययनपछि थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको छ ।

विशेष महाधिवेशनले मान्यता पाएपछि देउवा पक्षधरले नमान्ने घोषणा गरेको छ ।