पूर्वअर्थमन्त्री पौडेलले आफ्नो नियमित चुनावी क्षेत्र छोडे,पाल्पा २ बाट उठ्ने


काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफ्नो नियमित चुनावी क्षेत्र रुपन्देही-२ छोडेका छन् ।

नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष पौडेल पाल्पा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने टुङ्गाएको छ ।

पौडेल २०७९ को प्रतिनिधि सभा चुनावमा कडा टक्करको सामना गरेका थिए ।

पौडेल पाल्पा क्षेत्र नम्बर २ गएपछि ठाकुर गैरेको टिकट खोसिएको छ ।