आजदेखि अण्डाको नयाँ समर्थन बिक्री मूल्य लागू, प्रतिक्रेट कति ?


काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य आजदेखि लागू हुने गरी तोकेको छ ।

संघका अनुसार माघ ४ गते (हिजाे) बसेको कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आज (माघ ५ गते) देखि चितवनलाई आधार मानी अण्डाको समर्थन बिक्री मूल्य लागू गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको फार्म मूल्य प्रतिक्रेट ४८० रुपैयाँ, ठूलो अण्डाको ४६५ रुपैयाँ र मिडियम अण्डाको ४४५ रुपैयाँ निर्धारण गरिएको छ ।

संघले चितवनबाट लोड भई देशभर अण्डा बिक्री–वितरण गर्दा दूरीअनुसार भाडा, कार्ड र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ लाग्ने जनाएको छ । संघका अनुसार नयाँ मूल्यले उत्पादन लागत धान्न सहज हुने र किसानलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।