विजय लघुवित्तको एफपिओ बाँडफाँट


काठमाडौँ। विजय लघुवित्तको एफपिओ बाँडफाँट भएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ६६ हजार ८१७ कित्ता निष्काशन गरेको एफपिओ मंगलबार बाँडफाँट भएको हो।

२ करोड ५० लाख ४१ हजार कित्ताका लागि २१ लाख ९९ हजार २६ जनाले आवेदन दिएका थिए। जसमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएको जनाइएको छ ।

गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट भएको एफपिओ ४६ हजार ६८१ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन्। जसमध्ये ७ जना आवेदकले थप एक कित्ता अर्थात ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको थियो ।