रोल्पा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले रोल्पाबाट उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि पुनले गृहजिल्ला रोल्पा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
सदरमुकाम लिवाङमा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका पुनको प्रस्तावकमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महरा र समर्थकमा राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदी छन् ।
उम्मेदवारी दर्ता गर्ने क्रममा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, नेताहरु महरा र सुवेदीसहित लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन सिजललगायत सहभागी थिए ।
पूर्वअर्थमन्त्री पुन ०७४ र ०७९ को निर्वाचनमा पनि विजयी भएका थिए । रोल्पामा पुनले तेस्रो पटक निर्वाचन लड्न लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस्