दाङ । दाङ क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी) का युवा नेता प्रकाश शाहीले आज प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
अखिल क्रान्तिकारी (हाल अखिल समाजवादी)का पूर्व अध्यक्ष समेत रहेका शाहीलाई पार्टीले युवा पंक्तिलाई अगाडि सार्ने निर्णयअनुसार उम्मेदवार बनाएको थियाे । यसपटक नेकपा माओवादीले शीर्ष नेतृत्वलाई चुनावमा नजान दिने रणनीति अपनाएको छ।
शाहीले निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएपछि राजनीतिक हलचल तातिरहेको छ।


प्रतिक्रिया दिनुहोस्