काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
उनले मंगलवार दिउँसो निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन्। मनोनयनका लागि ओली सोमवार नै झापा गएका थिए । मनोनयन दर्ताअघि उनले जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचनाहरूको अवलोकनसमेत गरे ।
झापा–५ ओलीको गृह क्षेत्र हो । जहाँ उनले यसअघिका निर्वाचनहरूमा लगातार विजय हासिल गरेका छन् ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले पनि मनोनयन दर्ता गराएका छन्। आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा–५ उच्च चर्चामा रहेको क्षेत्र बनेको छ।


प्रतिक्रिया दिनुहोस्