एमाले नेता पोखरेलले गराए काठमाडौँ – ५ मा मनोनयन दर्ता


काठमाडाैँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

पोखरेलले मंगलवार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् । पोखरेल यसअघि पनि सोही क्षेत्रबाट उम्मेद्वार बन्दै आएका छन्। २०७९ मा भएको निर्वाचनमा पोखरेल नेपाली कांग्रेसका प्रदिप पौडेलसँग पराजित भएका थिए भने २०७४ मा भएको निर्वाचनमा भने जित हासिल गरेका थिए ।

यसपटक पनि काठमाडौँ– ५ मा पोखरेल र पौडेल फेरि एक पटक आमने–सामने भएका छन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई उम्मेद्वार बनाएको छ ।

शिर्ष नेताहरूको प्रतिस्पर्धा हुने भएकोले काठमाडौँ क्षेत्र नम्बर ५ को निर्वाचन रोचक हुने भएको छ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागी मंगलवार देशभर मनोनयन दर्ता भइरहेको छ ।