रोल्पाबाट कांग्रेसका डा. सुदनकुमार वलीले गराए उम्मेदवारी मनोनयन दर्ता


काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट नेपाली कांग्रेसका तर्फबाट डा. सुदनकुमार वलीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

उनी अर्थ मामिलामा अनुभव भएका विशेषज्ञका रूपमा चिनिन्छन् र विकास तथा योजना क्षेत्रमा लामो समयदेखि सक्रिय छन्।

रोल्पा क्षेत्रलाई यसअघि तत्कालीन माओवादीको बलियो आधार मानिँदै आएको छ। सोही क्षेत्रबाट माओवादी केन्द्रका प्रभावशाली नेता तथा वर्तमान सांसद वर्षमान पुन पुन यस पटक पनि उम्मेदवार बनेका छन्, जसका कारण निर्वाचन प्रतिस्पर्धा चर्को हुने अनुमान गरिएको छ।

नेपाली कांग्रेसले वलीको उम्मेदवारीसँगै रोल्पामा संगठन सुदृढ गर्दै प्रतिस्पर्धी ढंगले चुनावमा होमिने तयारी गरेको जनाएको छ।