काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था रहेको छ ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार हिजो मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिनेछ ।
उजुरीपछि माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरीउपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने कार्यतालिका तय गरेको छ ।
सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।


प्रतिक्रिया दिनुहोस्