काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती जलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
बुधवार गृह जिल्ला झापामा जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका संरचनाहरूको अवलोकन गर्दै अध्यक्ष ओलीले सार्वजनिक सम्पती, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरू कानूनअनुसार दोषी रहेको बताएका हुन् ।
अपराधिक गतिविधि गर्नेहरूलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने बताए। अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्ने बताए।
“राष्ट्रिय सम्पती, सार्वजनिक सम्पती, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा अपराधिक गतिविधि हुन् । अपराधलाई प्रोत्साहन गर्न सकिँदैन । अपराध रोक्नुपर्छ । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्छ । कारबाहीको दायरामा ल्याउनुपर्छ । अरूको घर जलाएर छोडिदिन पाइन्छ ? अहिलेको सरकार सायद उनीहरूकै सरकार हो । त्यसकारण उनीहरुलाई जोगाउने काम गरेको छ,” उनले भने ।
अन्तरिम सरकार देश जलाउनेहरूकै भएकाले पनि अपराधीहरूलाई कारबाही नगरेको उनको जिकिर छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली मनोनयन गर्न सोमवार मात्रै झापा गएका थिए । । झापा ५ बाट उनले आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्नेगरी मनोनयन गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्