२० लाख राशीको गोपाल कमला राजभण्डारी रोटरी अवार्डका आवेदन खुला


काठमाडाैँ । २० लाख राशीको गोपाल कमला राजभण्डारी रोटरी अवार्डका आवेदन खुला गरिएको छ । 

रोटरी क्लव नेपालले बिहीवार काठमाडौँमा पत्रकार सम्मेलनगरी सो अवार्ड प्राप्त गर्नका लागि माघ २२ सम्म आवेदन पेश गर्न आह्वान गरेको हो ।

सो अवार्डका लागि रोटरी डिष्ट्रिक कार्यालय, थापाथली रोटरी भवन र देशका विभिन्न स्थानहरुमा रहेका १६३ वटा क्लवहरूबाट सो आवेदनका फारमहरू प्राप्त गर्न र बुझाउन सकिने अवार्ड समितिका प्रमुख राजेन्द्रमान शेरचनले बताए ।

पेशा, व्यवसाय, तथा उद्योगमा निरन्तर उत्कृष्टता प्रदान गरेको, दुरदृष्टि, नवप्रवर्तन वा सृजनशीलता, जोखिम लिन सक्ने साहस देखाएको, अरूलाई प्रेरणा वा उत्प्रेरणा देखाएको, समाजमा उदाहरणीय काम गरेका व्यक्ति, संस्थाहरुले सो अवार्डका लागि आवेदन दिन सकिनेछ ।

सन् २०१० सालमा १० लाखको राशीबाट सुरू गरिएको सो अवार्ड आगामी फागुन ७ गतेदेखि पोखरामा आयोजना हुने १८  औं डिष्ट्रिक्ट सम्मेलनमा प्रदान गरिएको रोटरी क्लवले जनाएको छ।