सिद्धार्थ राजमार्ग सुधारका लागि २० लाख डलर अनुदान सहायता स्वीकार


काठमाडाैँ । सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधारका लागि २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसियाली पूर्वाधार लगानी बैंकबाट प्राप्त हुने उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।

सरकारका अनुसार यो अनुदान सिद्धार्थ राजमार्ग सुधार आयोजनाअन्तर्गत बुटवल–पोखरा खण्डको स्तरोन्नति तथा आवश्यक पूर्वाधार सुधारमा खर्च गरिनेछ। राजमार्ग सुधारपछि सवारी आवागमन सहज हुने, यात्रा समय घट्ने र सडक सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ।