एमाले र प्रलोपाबिच चुनावी गठबन्धनको सहमति


काठमाडाैँ । आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबिच चुनावी सहमति भएको छ। दुवै पार्टीबिच आज सहमति–पत्रमा हस्ताक्षर भई औपचारिक रूपमा गठबन्धनको घोषणा गरिएको हो।

सहमति अनुसार पश्चिम रुकुमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेद्वार जनार्दन शर्मा र पूर्वी रुकुमबाट उम्मेद्वार संदीप पुनको पक्षमा नेकपा (एमाले) ले मतदान गर्ने भएको छ। यसका लागि एमालेले आफ्नो चुनाव चिन्ह ‘आँखा’ मा मतदान गर्ने सहमति जनाएको छ।

त्यसैगरी कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा (एमाले) का उम्मेद्वारहरूको पक्षमा प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘सूर्य’ चिन्हमा मतदान गर्ने सहमति भएको छ।

सहमति कार्यान्वयनका लागि दुवै पार्टीले आ–आफ्ना आन्तरिक पार्टी पंक्तिलाई अविलम्ब आवश्यक निर्देशन दिने प्रतिबद्धता पनि जनाएका छन्। यस सहमतिले निर्वाचनमा आपसी सहयोग र तालमेललाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।