काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले भ्याट बिल घटाइ फर्निचरका सामान ओसार–पसार गर्दै आएको एक मिनी ट्रकलाई नियन्त्रणमा लिएको छ।
आइतबार प्रहरी चौकी फेदिखोला, स्याङ्जाबाट खटिएको चेकिङ टोलीले सवारी साधनहरूको नियमित जाँच गर्ने क्रममा पोखराबाट वालिङतर्फ आउँदै गरेको ग १ ख ६९१३ नम्बरको मिनी ट्रकलाई शंका लागि जाँच गरेको थियो।
जाँचका क्रममा उक्त मिनी ट्रकले भ्याट बिल घटाइ काठबाट बनेका फर्निचर सामग्री ओसार–पसार गरिरहेको फेला परेपछि ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको उक्त सवारी साधन स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिका–२ अन्तर्गत सिद्धार्थ राजमार्ग खण्डमा रोकिने क्रममा फेला परेको हो। ट्रकबाट १० थान बेड र ६ थान दराज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।
घटनाका सम्बन्धमा सव डिभिजन बन कार्यालय आँधिखोला, स्याङ्जासँग समन्वय गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्