काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको निर्वाचन घोषणा पत्र फागुन महिनाको पहिलो हप्तामा सार्वजनिक हुने बताएका छन्।
प्रेस चौतारी नेपालले शुक्रवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले निर्वाचन आयोगको कार्यतालिकाका कारण घोषणा पत्र सार्वजनिक गर्न ढिलाई भएको स्पष्ट पारे।
उनका अनुसार आयोगले निर्वाचन कार्यतालिकामा घोषणा पत्र सार्वजनिक गर्ने समय पछि सारेकाले राजनीतिक दलहरूलाई आचारसंहिताका कारण प्रचार अघि बढाउन समस्या भएको छ।
महासचिव पोखरेलले भने, “यसपटकको चुनावमा आयोगले उम्मेदवारी दर्ता गरिसकेपछि मात्रै प्रचारको कार्यतालिका सार्वजनिक गरेको छ। त्यसैले हाल हामी आन्तरिक भेटघाटमै सीमित छौँ। चुनावी प्रचार निर्वाचन आचारसंहिताका कारण सुरु हुन सकेको छैन। तर आयोगको कार्यतालिका अनुसार समय सुरु हुनासाथ एमाले आफ्नो चुनावी घोषणा पत्रसहित प्रचारमा प्रस्तुत हुनेछ। सम्भवत् फागुनको पहिलो हप्तामा घोषणा पत्र सार्वजनिक हुनेछ र त्यसपछि उम्मेदवारहरूले सो पत्र जनतासम्म पुर्याउनेछन्।”
पोखरेलले निर्वाचन घोषणा पत्र तयार पार्न पार्टीले विज्ञहरूसँग परामर्श गरिसकेको पनि जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्