काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार नेप्सेमा आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ। । कम्पनीको ५५ करोड ५२ लाख रूपैयाँ बढीको कारोबार भएको हो ।
आज मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.७० प्रतिशतले बढेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३२९ कम्पनीको २ करोड २० लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १० करोड ९४ लाख रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्