काठमाडौँ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आइतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०२६/२७ को बजेट प्रस्तुत गर्दै विद्युतीय सवारी साधनको ब्याट्री उत्पादन सस्तो बनाउने कदम उठाएकी छन्।
भारत सरकारले लिथियम–आयन ब्याट्री उत्पादन गर्ने मेसिनमा दिइने कर छुटको दायरालाई विस्तार गरेको छ।
त्यस्तै ब्याट्री ऊर्जा भण्डारण प्रणालीमा प्रयोग हुने सामग्रीमा पनि कर छुट दिइएकाे छ । यसले देशमा विद्युतीय सवारी साधनको ब्याट्री उत्पादन सस्तो र सहज बनाउने अपेक्षा गरिएको छ।
अर्थमन्त्री सीतारमणका अनुसार उक्त कदम विद्युतीय सवारी साधनको उत्पादन र पहुँच बढाउने प्रयासको हिस्सा हो।


प्रतिक्रिया दिनुहोस्