काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सोमबार नेप्सेमा आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ। । कम्पनीको ४१ करोड ४९ लाख ९९ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।
आज एसवाई प्यानल, श्रीनगर एग्रीटेक र हिमस्टार उर्जा कम्पनीका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३३० कम्पनीको एक करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्