बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सोमबार प्रतितोला २ लाख ८६ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ९० हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला १३५ रूपैयाँले बढेर ५ हजार ३३५ रूपैयाँ कायम भएको छ ।