टीभीएसले पायो उत्कृष्ट कम्युटर तथा फिचर अवार्ड


काठमाडौँ । टेकलेख अवार्डमा टीभीएसको रेडरले उत्कृष्ट कम्युटर तथा अपाचे आरटीआर १६० फोभीले उत्कृष्ट फिचर अवार्ड हात पारेका छन् ।

टेकलेखले जारी गरेको विज्ञप्ति अनुसार रेडरमा भएका सुधारको आधारमा यो वर्ष अवार्ड प्राप्त गर्न सफल भएको हो । ‘रेडरको किफायती मूल्य, स्टाइल, र अप्डेटेड फिचरका कारण यस बाइकले अवार्ड पाएको छ’ विज्ञप्तिमा भनिएको छ ।

टीभीएसका अनुसार रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेबल मोनोसक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायतका विशेषताहरु उपलब्ध छन् ।

एयर आयल कुल्ड एसआई कार्बोरेटर इञ्जिनद्वारा शक्ति प्रदान गरिएको यस बाइकले ७,५०० आरपीएममा १२।९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११।५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता रहेको टीभीएसको दाबी रहेको छ ।

त्यस्तै रिडिजाइन्ड डीएलआर, राइडिङ मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ टीएनए फिचरहरुले गर्दा नै यस बाइकले टेकलेखको उत्कृष्ट फिचर अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।