दोहोरो अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार नेप्सेमा एसवाई प्यानल नेपालको सबैभन्दा धेरै शेयर कारोबार भएको छ। । कम्पनीको ५९ करोड २९ लाख ८ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज कालिन्चोक दर्शनका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, सान्भी इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ४.६३ प्रतिशतले घटेको छ ।

कुल ३२२ कम्पनीको एक करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाख १२ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।