काठमाडाैँ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा प्रदेशगत जिम्मेवारी तोकेको छ।
पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र प्रभावकारी परिचालनका लागि सातै प्रदेशअन्तर्गत विभिन्न जिल्लामा जिम्मेवार नेताहरू खटाएको हो।
कोशी प्रदेशअन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम र झापामा डा. डिला संग्रौला, भीष्मराज आङ्दम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई जिम्मेवारी दिइएको छ।
यस्तै संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीको जिम्मा अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझीलाई दिइएको छ। सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी र सिरहामा वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी खटिएका छन्।
बागमती प्रदेशमा धादिङ, रसुवा, नुवाकोट र काठमाडौंका लागि बहादुरसिंह (लामा) तामाङ, डा. केदारनरसिंह के.सी., राजेन्द्रकुमार के.सी., प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा. अमिता प्रधान नियुक्त भएका छन्।
काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्यालले जिम्मेवारी सम्हाल्नेछन्। भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनका लागि अर्जुननरसिंह के.सी., दिलमान पाख्रिन, धना खतिवडा, मथुराप्रसाद घिमिरे र धर्मराज गौतम तोकिएका छन्।
गण्डकी प्रदेशअन्तर्गत पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङमा चिनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर के.सी. र चिनु पोखरेललाई जिम्मेवारी दिइएको छ।
स्याङ्जा, कास्की, मनाङ र नवलपुरमा ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ र किरणराज शर्मा पौडेल खटिएका छन् भने गोरखा, लम्जुङ र तनहुँमा अब्दुल सत्तार, रेशम वानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारीलाई जिम्मेवारी दिइएको छ।
लुम्बिनी प्रदेशमा रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा. गोपाल दहित, गेहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह चयन भएका छन्। कपिलवस्तु, अर्घाखाँची, रुकुम (पूर्व), प्यूठान र रोल्पामा कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई मगर र केशव आचार्य खटिएका छन्।
दाङ, बाँके र बर्दियामा चन्द्रबहादुर के.सी., कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रुपा वि.क.लाई जिम्मेवारी दिइएको छ।
कर्णाली प्रदेशअन्तर्गत सुर्खेत, सल्यान, रुकुम (पश्चिम), जाजरकोट र डोल्पामा नारायणप्रसाद भट्टराई, रामदेवी खड्का, सूर्यबहादुर वि.क. र रंगमती शाही खटिएका छन्।
दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्लामा जानकी सिंह, दिपकजंग शाह, तीर्थजंग शाही, छायाँ सुनार, मानबहादुर नेपाली र कान्तिका सेजवाललाई जिम्मेवारी तोकिएको छ।
सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर, बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्याल र विद्यादेवी तिमिल्सीना चयन भएका छन्। कैलाली र डडेल्धुरामा जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वड खटाइएका छन् भने डोटी, अछाम र बाजुरामा नरेन्द्र भट्ट, सम्झना खत्री र सुशिला मिश्र भट्टले जिम्मेवारी सम्हाल्नेछन्।
पार्टी नेतृत्वका अनुसार प्रदेशगत रूपमा जिम्मेवारी बाँडफाँट गर्दा संगठनात्मक सन्तुलन, अनुभव र स्थानीय प्रभावलाई प्राथमिकता दिइएको छ।


प्रतिक्रिया दिनुहोस्