काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले यथास्थितिमा स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिने बताएकी छिन् ।
बुधबार स्वास्थ्य बिमा सम्बन्धि छलफल कार्यक्रममा मन्त्री गौतमले स्वास्थ्य बिमा कार्यक्रमलाई सहज रुपमा अघि बढाउनका लागि आफूले सुधारका कार्यक्रम अघि सारेको तर त्यसमा सरोकारवाला मन्त्रालयहरुले साथ नदिएको गुनासो गरिन् ।
नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने भनेर भनेकाले सरकारले ९८ वटा औषधि निशुल्क वितरण गर्ने व्यवस्था गरेको भएपनि विद्यमान बिमा स्वास्थ्य कार्यक्रमले त्यसमा पनि उल्झन गरेकाले आफूहरुले त्यसलाई हटाउने गरी कानूनी व्यवस्था गर्न अध्यादेश ल्याउने तयारी गर्दा पनि सरोकारवाला मन्त्रालयहरुले सहयोग नगरेको मन्त्री गौतमको भनाइ छ ।
त्यस अवसरमा मन्त्री गौतमले स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने स्वास्थ्य सम्बन्धि बजेट समेत अर्थ मन्त्रालयले नदिएको तथ्य पनि स्मरण गराइन् ।


प्रतिक्रिया दिनुहोस्