दुर्गा प्रसाईं वीरगन्ज कार्यक्रमका लागि जाँदै गर्दा काठमाडौँमा पक्राउ


काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालका अध्यक्ष दुर्गा प्रसाईंलाई काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको छ। प्रसाईं वीरगन्जको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पक्राउ परेका प्रहरीले जनाएकाे छ ।

प्रसाईंलाई यही माघ ५ गते पनि पोखराबाट पक्राउ गरिएको थियो। त्यतिबेलासम्म उनी हाजिरी जमानीमा रिहा भएका थिए। उनी आफ्नै समूहको कार्यक्रममा सहभागी हुन जाँदै थिए र बाटोमै प्रहरीले उनीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार स्थानीय प्रशासनको अनुमति नलिई आयोजित हुन लागेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा उनी पक्राउ परेका हुन् ।

माघ ५ गते पक्राउ परेका प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा काठमाडौँ ल्याएर माघ ६ गते रिहा गरिएको थियो। त्यतिबेला उनी नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको विषयसँग सम्बन्धित घटनापछि पक्राउ परेका थिए ।