काठमाडौँ । दुई मेगावाट क्षमताको अप्पर रिचेत हाइड्रोपावर प्रा.लि.ले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्काशन गर्ने तयारी थालेको छ ।
आइपिओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा अप्पर रिचेत हाइड्रोपावरका कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरबिबि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
कम्पनीले ४० करोड रुपैयाँ चुक्ता पुँजीमध्ये २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निकट भविष्यमै निष्काशन गर्ने जनाएको छ ।कम्पनीकाअनुसार आइपिओ प्रक्रियाअन्तर्गत कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने र क्रेडिट रेटिङको काम पनि अघि बढाइएको छ । कम्पनीले आगामी श्रावण–भाद्र महिनाभित्र आइपिओ निष्काशन गर्ने योजना रहेको बताएको छ ।
गोर्खा जिल्लाको धार्चे गाउँपालिकामा अवस्थित आयोजनाबाट कम्पनीले २०८१ भदौदेखि विद्युत उत्पादन गर्दै आएको छ । कम्पनीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत आइपिओसम्बन्धी जानकारी सार्वजनिक गरेको हो ।


प्रतिक्रिया दिनुहोस्