काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज स्याङ्जा जिल्लाका विभिन्न स्थानमा जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम गर्दैछन्।
पार्टीको संगठन सुदृढीकरण र जनतासँग प्रत्यक्ष संवादलाई लक्षित गर्दै कार्यक्रम तय गरिएको हो।
निर्धारित कार्यतालिका अनुसार सभापति लामिछानेले बिहान ११:२० बजे फेदीखोलाबाट कार्यक्रम सुरु गर्नेछन्।
त्यसपछि बिहान ११:५० बजे पुतलीबजारमा जनसम्पर्क कार्यक्रम हुनेछ। दिउँसो १:०० बजे भिरकोटमा कार्यकर्तासँग भेटघाट तथा अभिवादन कार्यक्रम राखिएको छ भने दिउँसो १:३० बजे वालिङमा उपस्थित हुने कार्यक्रम छ।
त्यसैगरी दिउँसो २:३० बजे चापाकोटमा पुगेर उनले स्थानीय बासिन्दा, शुभेच्छुक तथा पार्टी कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गर्नेछन्।
पार्टीका अनुसार सभापति लामिछानेले कार्यक्रममा सहभागी भई स्थानीय नागरिकका सुझाव, गुनासा र अपेक्षा सुन्ने तथा पार्टीका भावी योजनाबारे जानकारी गराउनेछन्।


प्रतिक्रिया दिनुहोस्