साल्ट ट्रेडिङको लाभांश घोषणा


काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले गत आवका लागि लाभांशको निर्णय गरेको हो ।

बैठकले आव २०८१र८२ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १६ लाख ३ हजार ५८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।