११ वाणिज्य बैंकको ब्याजदर स्थिर हुँदा ९ ओटाले घटाए


काठमाडौँ । फागुन महिनाको लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा ११ ओटा वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राख्दा ९ ओटाले भने घटाएका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको औुसत ब्याजदर ४.५६९ प्रतिशत रहेको छ माघ महिनामा ४.६८४५ प्रतिशत रहेको थियो । संस्थागत मुद्दती निक्षेपमा ३.३३१ प्रतिशत औसत ब्याजदर रहेको छ भने माघमा ४.६८४५ प्रतिशत रहेको थियो ।

फागुन महिनाका लागि ब्याजदर घटाएका बैंकमध्ये मुद्दती निक्षेपमा कृषि विकास बैंकले ४.२५ प्रतिशत, एभरेष्ट बैंकले ३.५० प्रतिशत , नेपाल एसबीआई बैंकले २.७७ प्रतिशत, ग्लोबल आइएमई बैंकले ३.५० प्रतिशत, प्राइम कमर्सियल बैंकले २.७५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २.७५ प्रतिशत, सिद्धार्थ बैंकले ३.५० प्रतिशत, सानिमा बैंकले ३.३० प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३.५० प्रतिशत ब्याज दिनेछन् ।

यस्तै, ब्याजदर स्थिर राखेका बैंकहरु मध्ये नेपाल बैंकले ३.२५ प्रतिशत, कुमारी बैंक ३.५० प्रतिशत, लक्ष्मी सनराइज बैंक ३.२५ प्रतिशत, सिटिजन्स बैंकले ३ प्रतिशत, प्रभु बैंकले २.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ३ प्रतिशत, एनएमबि बैंकले ४ प्रतिशत, हिमालयन बैंक ४ प्रतिशत, नबिल बैंकले ३.५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत र एनआईसी एशिया बैंकले ४ प्रतिशत ब्याजदर दिनेछन् ।