काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) ले आगामी २०८२ प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै ट्रेड युनियन व्यवस्थामा सुधार गर्ने योजना प्रस्तुत गरेको छ।
पार्टीको घोषणापत्र अनुसार राजनीतिक दलको भातृ संगठनका रूपमा खुलेका सबै ट्रेड युनियनहरू खारेज गरिनेछन्।
यसपछि निजामति तथा सार्वजनिक संस्थानका कर्मचारीको हकहितमा काम गर्ने एउटामात्रै आधिकारिक ट्रेड युनियन राखिने व्यवस्था गरिनेछ।
पार्टीले यस कदममार्फत राजनीतिक हस्तक्षेप कम गरी कर्मचारीहरूको पेशागत हित सुनिश्चित गर्ने लक्ष्य राखेको छ।


प्रतिक्रिया दिनुहोस्