काठमाडाैँ । पहिलो संस्करणको सफलतापछि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसाेसिएसन (वाडा) द्वारा आयोजना हुने वाडा अटो साे २०२६ दोस्रो पटक पोखरामा हुँदैछ।
प्रदर्शनी चैत्र ११ देखि १५ गते सम्म पोखरा लेकसाइड, तालबराही चोकस्थित खेल मैदानमा आयोजना गरिनेछ। प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स ईभेन्टस्) ले गर्नेछ भने स्टल बुकिङ्ग छिट्टै खुल्ने जनाइएको छ।
नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा आयोजना हुने यस अटो साेमा साना, मझौला र ठूला सवारी साधन, पार्ट्स, लुब्रिकेन्ट, टायर, वित्तीय संस्था तथा अन्य सबै सरोकारवालाहरूको सहभागिता रहने जनाइएकाे छ ।
यसपटक सहभागी कम्पनीहरूले नयाँ वर्षलाई ध्यानमा राख्दै विभिन्न आकर्षक अफर, इलेक्ट्रिक भेइकल र इन्जिनका नयाँ ब्राण्डहरू साथै मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने तयारी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्