काठमाडाैँ । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उमेदवार विनोद रेग्मीले उम्मेदवारी त्याग्दै नेपाली कांग्रेसका उमेदवार विनोद चौधरीलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
सोमबार जारी प्रेस विज्ञप्तिमा रेग्मीले आफू चुनावी मैदानबाट अलगिएको जानकारी दिँदै फागुन २१ को आम निर्वाचनमा कांग्रेसको पक्षमा उभिने निर्णय गरेको उल्लेख गरेका छन् ।
उनले आफ्ना कार्यकर्ता र समर्थकलाई रुख चिन्हमा मतदान गर्न आह्वान गर्दै लोकतन्त्रको सुदृढीकरण र परिवर्तनको निरन्तरताका लागि कांग्रेसलाई जिताउन आग्रह गरेका छन् ।
“यस क्षेत्रमा कांग्रेसको पक्षमा स्पष्ट जनसमर्थन देखिएको छ, त्यसलाई सम्मान गर्दै मैले कांग्रेसलाई समर्थन गर्ने निर्णय लिएको हुँ,” रेग्मीले भने।
२०७९ मा यसै क्षेत्रबाट निर्वाचित भएका कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगी विनोद चौधरी विकास र आर्थिक रूपान्तरणको एजेन्डासहित पुनः प्रतिस्पर्धामा छन् । रेग्मीको समर्थनसँगै क्षेत्र नं. १ मा कांग्रेसको चुनावी समीकरण थप बलियो भएको छ ।


प्रतिक्रिया दिनुहोस्