काठमाडाैँ । नेपाली कांंग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका आकांक्षीहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिएका छन्।
मंगलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन्। नेपाली काँग्रेस जस्तोसुकै राजनीतिक चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ ।
उनले सबै दलका प्रधानमन्त्रीका उम्मेदवारहरूलाई सार्वजनिम बहस र संवादका लागि तयार हुन आग्रह पनि गरे । प्रदेशका मुख्यमन्त्री समेत रहेका यादवले पार्टी बुधवार मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने उल्लेख गर्दै उक्त सभामा सहभागि हुन सबैमा अपिल समेत गरे। सबै नागरिकले मुलुक निर्माणको जिम्मेवारी बोध गर्दै कार्यक्रममा उपस्थित भई शीर्ष नेताहरूको सम्बोधन सुन्न सबैमा आग्रह गरे ।
पार्टीले ‘भिजन १०’को थिममा प्रतिज्ञापत्रको नाम दिएर घोषणा पत्र तयार पारेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्