चिनियाँ ‘रोबोडग’लाई भारतको विश्वविद्यालयले विकास गरेको भनेपछि विवादमा


‘भारत एआई इम्प्याक्ट समिट २०२६’ को क्रममा गलगोटियास विश्वविद्यालयले चिनियाँ रोबोडगलाई आफ्नै भनेपछि विवाद उत्पन्न भएको छ ।

चिनियाँ रोबोटिक्स फर्म युनिट्रीले उत्पादन गरेको रोबोटिक कुकुर विश्वविद्यालयका विद्यार्थीहरूले विकास गरेको उपकरणको रूपमा प्रस्तुत गरेपछि विवाद भएको हो ।

प्राध्यापक नेहा सिंहले यो ओरियन रहेको र गलगोटियास विश्वविद्यालयको उत्कृष्टता केन्द्रमा विकसित गरिएको बताएकी थिइन् ।

उनको भिडियो आएपछि धेरै प्रयोगकर्ताहरूले विश्वविद्यालयले प्रस्तुत गरेको उपकरण चिनियाँ रोबोटिक्स फर्म – युनिट्रीको उत्पादन भएको दाबी गरेपछि विश्वविद्यालय विवादमा फसेको हो ।

युनिट्रीका रोबोडगहरू उन्नत चतुर्भुज (चार खुट्टा भएका) रोबोटहरू रहेका छन् । यो अवरोध नेभिगेसनदेखि औद्योगिक निरीक्षण र मनोरञ्जनसम्मका कार्यहरू गर्दा वास्तविक जनावरहरू जस्तै हिँड्न डिजाइन गरिएको हो ।

विश्वविद्यालयले भने यसका प्राध्यापकहरूले कहिल्यै पनि उत्पादनलाई आफ्नो भएको दाबी नगरेको बताएको छ ।

यस विषयलाई लिएर विश्वविद्यालयलाई आफ्नो स्टल खाली गर्न र इम्प्याक्ट एआई समिट छोड्न भनिएको थियो । विवाद भएपछि रोबोडक्सलाई प्रदर्शनबाट हटाइएको छ ।