काठमाडाैँ । स्याङ्जाको वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
फागुन ८ गते दिउँसो करिब ४ बजे शंकास्पद अवस्थामा हिँडिरहेका व्यक्तिलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अपरेसन टोलीले चेकजाँच गर्ने क्रममा शरीरमा लुकाइछिपाइ राखिएको लागूऔषध बरामद गरेको हो ।
पक्राउ पर्नेमा वालिङ नगरपालिका–८ निवासी २३ वर्षीय नरेन्द्र रनपाल रहेका छन् । प्रहरीले उनको साथबाट बुप्रेनोर्फिन इन्जेक्सन ११ एम्पुल, फेनेरगन (प्रोमेथाजिन हाइड्रोक्लोराइड) ११ एम्पुल, डाइजेपाम इन्जेक्सन (२ एमएल) ११ एम्पुल, तीन थान सिरिन्ज र एक थान मोबाइल बरामद गरेको जनाएको छ ।
घटनापछि रनपाललाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको छ । जिल्ला अदालत स्याङ्जाबाट फागुन १० गते सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्