पाेखराबाट काठमाडाैँ आउँदै गरेकाे बस धादिङमा दुर्घटना,कम्तिमा १७ जनाको मृत्यु


काठमाडौँ । धादिङमा गएराति भएको बस दुर्घटनामा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

राति साढे १ बजेतिर धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका यात्रुको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको छ ।

नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको छ ।

उनीहरूलाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ ।

मृतक र घाइतेहरूको परिचय पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।